Sunday, June 28, 2009

Asarai Mahinama by Prashant Tamang

Asarai Mahinama Song, Video, Lyrics

Song: Asarai Mahinama (असारै महिनामा)

Note: This song was originally sung by Chusan Dukpa

Singer: Prashant Tamang (प्रशान्त तामाङ्)

Asarai Mahinama Video:

The video consists of Audio, Lyrics and Pictures.



Asarai Mahinama Lyrics in Nepali:

असारै महिनामा पानि परि रुझाउने
एक्लो यो मेरो मन्, कसरि बुझाउने
भन्थिन् है मैच्याङ्ले रुंदै धरर
नौ डाँडा पारि छ कम्पनि शहर
बिछोड्को बेलैमा
बिछोड्को बेलैमा

मनै बराल्ने न्याहुल् को बोलि
यति बेला मैच्याङ् के गर्दै होलि
मनै बराल्ने न्याहुल् को बोलि
यति बेला मैच्याङ् के गर्दै होलि
पिढिमा बसेर के के कुरा गर्दि हो
कहिले हास्दि हो कहिले रुंदि हो
मलाइ नै सम्झेर
मलाइ नै सम्झेर

छङ् छङै बग्ने खहरे खोला
छङ् छङै बग्ने खहरे खोला
अब त छोरा कुदने भो होला
अब त छोरा कुदने भो होला
दिन् भरि खेल्दो हो मलाइ नै भुल्दो हो
सांझ परे पचि आमालाइ सोद्धो हो
खै बाबा भनेर
खै बाबा भनेर

असारै महिनामा पानि परि रुझाउने
एक्लो यो मेरो मन्, कसरि बुझाउने
भन्थिन् है मैच्याङ्ले रुंदै धरर
नौ डाँडा पारि छ कम्पनि शहर
बिछोड्को बेलैमा
बिछोड्को बेलैमा
बिछोड्को बेलैमा
बिछोड्को बेलैमा
बिछोड्को बेलैमा
बिछोड्को बेलैमा

Asarai Mahinama Lyrics in Roman:

asaarai mahinaamaa paani pari rujhaaune
eklo yo mero man, kasari bujhaaune
bhanthin hai maichyaangle ru*dai dharara
nau Daa**Daa paari chha kampani shahara
bichhoDko belaimaa
bichhoDko belaimaa

manai baraalne nyaahul ko boli
yati belaa maichyaang ke gardai holi
manai baraalne nyaahul ko boli
yati belaa maichyaang ke gardai holi
piDhimaa basera ke ke kuraa gardi ho
kahile haasdi ho kahile ru*di ho
malaai nai samjhera
malaai nai samjhera

chhang chhangai bagne khahare kholaa
chhang chhangai bagne khahare kholaa
aba ta chhoraa kudane bho holaa
aba ta chhoraa kudane bho holaa
din bhari kheldo ho malaai nai bhuldo ho
saa*jha pare pachi aamaalaai soddho ho
khai baabaa bhanera
khai baabaa bhanera

asaarai mahinaamaa paani pari rujhaaune
eklo yo mero man, kasari bujhaaune
bhanthin hai maichyaangle ru*dai dharara
nau Daa**Daa paari chha kampani shahara
bichhoDko belaimaa
bichhoDko belaimaa
bichhoDko belaimaa
bichhoDko belaimaa
bichhoDko belaimaa
bichhoDko belaimaa

Saturday, June 20, 2009

Yo Samjhine Man Chha by Narayan Gopal

Song: Yo Samjhine Man Chha (यो सम्झिने मन् छ)

Album: Geeti Yaatraa Volume 1 (गीति यात्रा भोलुम् १)

Singer: Narayan Gopal (नारायण गोपाल गुर्बाचार्य)

Video:



Lyrics:

यो सम्झिने मन् छ, म बिर्सुं कसोरि तिमि नै भनि देउ ए जाने निठुरि यो सम्झिने मन् छ, म बिर्सुं कसोरि तिमि नै भनि देउ ए जाने निठुरि यि औंला तिनै हुन् तिमिले चुमेका परेलि यिनै हुन् तिमिले पुछे का यि औंला तिनै हुन् तिमिले चुमेका परेलि यिनै हुन् तिमिले पुछे का म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न म सक्दिन छाति फुटाएर जोड्न यो सम्झिने मन् छ, म बिर्सुं कसोरि तिमि नै भनि देउ ए जाने निठुरि पखाले ई आँखा पनि दृश्य उहि छ जहां नै म हिंडे पनि धर्ति उहि छ पखाले ई आँखा पनि दृश्य उहि छ जहां नै म हिंडे पनि धर्ति उहि छ न सक्छु म आकाश् चिथोरेर फेर्न न सक्छु म जून् को उज्यालो नै छेक्न यो सम्झिने मन् छ, म बिर्सुं कसोरि तिमि नै भनि देउ ए जाने निठुरि जाने निठुरि

Jhareko Paata Jhain by Narayan Gopal

Song: Jhareko Paata Jhain (झरेको पात झैँ )

Album: Unknown

Singer: Narayan Gopal (नारायण गोपाल गुर्बाचार्य)

Video:


Lyrics:

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी

चुरा फुटेसरी भयो चराहरु उडीगए
चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी

बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी

जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
जिवन बगर सरी भयो उराठ मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी

Yeti Dhrerai Maayaa Dii by Naryan Gopal

Song: Yeti Dhrerai Maayaa Dii (यति धेरै माया दिई)

Album: Geeti Yaatraa Volume 1 (गीति यात्रा भोलुम् १)

Singer: Narayan Gopal (नारायण गोपाल गुर्बाचार्य)

Video:



Lyrics:

यति धेरै माया दिई मन भरि दुख नदेउ
यति धेरै माया दिई मन भरि दुख नदेउ
बाटो वर पर फुल्ने पलास् टिपि सिरमा नलाउ
यति धेरै माया दिई

जो भाग्यमा कोरियेका सुख दुख स्विकार छन्
जो भाग्यमा कोरियेका सुख दुख स्विकार छन्
केहि तिता पल्, केहि मिठा पल्, सबै सबै स्विकार छन्
ति हातहरु प्रसस्त छन्, भो सान्तोना मलाई नदेउ
येति धेरै माया दिई

यो बाटोमा कति काँडा कति फूल टिपि हिंडे
यो बाटोमा कति काँडा कति फूल टिपि हिंडे
कति पराये आफ्नो देखें, कति आफ्ना पराये भेटें
यो जिन्दगि को मोडमा, भो सहारा मलाई नदेउ

यति धेरै माया दिई मन भरि दुख नदेउ
यति धेरै माया दिई

Kehi Mitho Baata Gara by Narayan Gopal

Song: Kehi Mitho Baata Gara (केहि मिठो बात गर)

Album: Geeti Yaatraa Volume 1 (गीति यात्रा भोलुम् १)

Singer: Narayan Gopal (नारायण गोपाल गुर्बाचार्य)

Video:



Audio:


Lyrics:

केही मिठो बात गर
रात तेसै ढल्किदै छ
केही मिठो बात गर
रात तेसै ढल्किदै छ
भरे फेरि एकांतमा
रुनु त छदै छ
केही मिठो बात गर
रात तेसै ढल्किदै छ

रमाइलो कुरा गर
सपनाको कुरा गर
रमाइलो कुरा गर
सपनाको कुरा गर
संगसंगै बिताएको
सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दुखः छोड, दुख़ःलाइ त
जिन्दगानी छदै छ
भरे फेरि एकांतमा
रुनु त छदै छ

केही मिठो बात गर
रात तेसै ढल्किदै छ

आउ नाचौ अध्यारोमा
जूनकीरि नाचे जस्तै
आउ नाचौ अध्यारोमा
जूनकीरि नाचे जस्तै
बतासमा उडौ आज
सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौ
छुटिनु त छदै छ
भरे फेरि एकांतमा
रुनु त छदै छ

केही मिठो बात गर
रात तेसै ढल्किदै छ

Parkhi Basen Aaulabhani by Narayan Gopal

Song: Parkhi Basen Aaulaabhani

Album: Preyashi Ka Yaadharu

Singer: Narayan Gopal

Video:



Lyrics:

पर्खी बसे आउला भनि
मेरो उठने पालो
मेरो उठने पालो

कुर्दा कुर्दै जिन्दगी नै
भै गएछ कालो..कालो
भै गएछ कालो
मेरो उठने पालो

वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा

वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा

आफ्नै छाँया आफै सँग भागी हिँड्न ठाल्यो
भागी हिँड्न ठाल्यो
आफ्नै माँया आफैलाई बोझ लाग्न ठाल्यो ठाल्यो
बोझ लाग्न ठाल्यो
बोझ लाग्न ठाल्यो

तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ तिनै जल्ने गरी
तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ तिनै जल्ने गरी

वर्षौ भयो चलेकै छ मन भित्र यो आँधी
मन भित्र यो आँधी
बाँध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी
चाहनालाई बाँधी
चाहनालाई बाँधी

पर्खि बसे आउला भनि
मेरो उठने पालो
मेरो उठने पालो

Nepali Songs Hub

Nepali Songs Hub has been created to provide you with a comprehensive collection of songs from Nepal, an awesome nation, sandwiched between India and China, in South Asia.

You will find here, whenever available, the following:
  • Audio
  • Video
  • Lyrics
Enjoy!