Song: Kehi Mitho Baata Gara (केहि मिठो बात गर)
Album: Geeti Yaatraa Volume 1 (गीति यात्रा भोलुम् १)
Singer: Narayan Gopal (नारायण गोपाल गुर्बाचार्य)
Video:
Lyrics:
केही मिठो बात गर
रात तेसै ढल्किदै छ
केही मिठो बात गर
रात तेसै ढल्किदै छ
भरे फेरि एकांतमा
रुनु त छदै छ
केही मिठो बात गर
रात तेसै ढल्किदै छ
रमाइलो कुरा गर
सपनाको कुरा गर
रमाइलो कुरा गर
सपनाको कुरा गर
संगसंगै बिताएको
सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दुखः छोड, दुख़ःलाइ त
जिन्दगानी छदै छ
भरे फेरि एकांतमा
रुनु त छदै छ
केही मिठो बात गर
रात तेसै ढल्किदै छ
आउ नाचौ अध्यारोमा
जूनकीरि नाचे जस्तै
आउ नाचौ अध्यारोमा
जूनकीरि नाचे जस्तै
बतासमा उडौ आज
सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौ
छुटिनु त छदै छ
भरे फेरि एकांतमा
रुनु त छदै छ
केही मिठो बात गर
रात तेसै ढल्किदै छ
No comments:
Post a Comment